कैलाली : धनगढीमा आज दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो।




प्रतिक्रिया दिनुहोस्