सरकारी चासो अभावमा टोलबाटै स्तनपान सप्ताहको कार्यक्रम सम्पन्न

भक्तराज जोशी

धनगढी – “स्तनपानलाई प्राथमिकता दिऔँ ,सहयोगी वातावरण निर्माण गरौं” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका–३, बौराडाँडीमा विश्व स्तनपान सप्ताह २०८२ अन्तर्गत एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको आयोजना डिलाशैनी टोल विकास संस्थाले गरेको हो। संस्थाका अध्यक्ष अक्कल बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ऐरले स्तनपानको महत्वबारे चर्चा गर्दै वर्तमान सामाजिक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने –
“आजकल कतिपय महिलाहरूले आफ्नो शरीरको बनावट (फिगर) बिग्रिने डरले नवजात शिशुलाई स्तनपान नगराई बजारको दूध र निप्पल दिने प्रवृत्ति देखिएको छ, जुन शिशुका लागि अत्यन्तै हानिकारक छ।”

कार्यक्रमको सुरुवातमै संस्थाका अध्यक्ष अक्कल बिष्टले भने-
“यस्तो चेतनामूलक कार्यक्रम त वडा कार्यालय वा सरकारी निकायले गर्नुपर्ने हो, तर कसैले चासो नदिएपछि हामीले टोलस्तरमै सामूहिक रूपमा पैसा उठाएर आयोजना गरेका हौं। अब यस्ता काममा सरकार स्वयं सक्रिय हुनुपर्छ।”

कार्यक्रममा डिलाशैनी टोल विकास समितिका सदस्य आनसिंह ढुङ्गालले स्तनपानको महत्व, अभ्यासका सही तरिकाहरू, र आमाहरूका लागि आवश्यक सहयोगका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
उनको प्रस्तुति सहज, व्यवहारिक र जानकारीमूलक रहेको सहभागीहरूको प्रतिक्रिया थियो।

कार्यक्रममा सहभागीहरूले शिशुको शारीरिक, मानसिक र भावनात्मक विकासमा स्तनपानको महत्वबारे व्यापक छलफल गरेका थिए।
शिशु जन्मेपछि पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु, कम्तीमा ६ महिनासम्म मात्र स्तनपान गराउनु, र आमाका लागि सहयोगी वातावरण तयार गर्नु कार्यक्रमको मूल सन्देश थियो।

यद्यपि विश्वस्तरमा स्तनपान सप्ताह अगस्ट १–७ को अवधिमा मनाइन्छ भने नेपालमा यो साउन १६–२२ गतेको अवधिमा मनाइन्छ।
डिलाशैनी टोल विकास संस्थाले साउन २२ गते एकदिने कार्यक्रम आयोजना गरी उक्त सन्देश समुदायसम्म पुर्याएको हो।

कार्यक्रमले समाजमा सशक्त मातृत्व, स्वस्थ शिशु र सचेत समुदाय निर्माणतर्फ महत्वपूर्ण सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार