नदीमा डुबेर कैलालीका दुई जनाको मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-३ नारायणपुरको डोडा नदीमा सोही ठाउँ बस्ने तुला दत्त भट्टको छोरा अन्दाजी १५ वर्षीय सुनिल भट्टको नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै आइतवार साथीहरू सँग डोडा नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–३ का १७ वर्षीय सुन्दर प्रसाद भट्टको मृत्यु भएको छ। घर नजिकै रहेको नदीमा नुहाउन गएका सुन्दरको शव स्थानीय र प्रहरीको सहयोगमा नदीबाट निकालेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार