गायक गणेश थापाले ल्याए जीवन रहे हाँसौँला

काठमाडौं : पछिल्लो समय गायनमा सक्रिय अग्रज गायक गणेश थापाले आफ्नो नयाँ गीत जीवन रहे हाँसौँला खेलौँला…को भिडियो यति बेला दर्शकमाझ ल्याएका छन् । यो आधुनिक शैलीको गीतलाई गायक थापाले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गायक गणेश थापासँगै यो गीतमा गायिका रचना रिमालको युगल स्वर रहेको छ । गीतमा प्रेम भाव प्रस्तुत गरिएको छ । एक अर्का प्रतिको समर्पण र माया यो गीतमा समेटिएको गायक थापाले राजधानीलाई बताए ।

khadya

यो गीतको रचना पनि गायक गणेश थापा आफैँले गरेका हुन् । गीत रचनामा थापासँग अर्का गीतकार समीर राईले सहकार्य गरेका छन् । गीतलाई मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यसमा श्याम महर्जनको संगीत रहेको छ । गीतमा मिक्सिङ–मास्टरिङ सुवास कुथुमी राईले गरेका हुन् ।

यो गीतको भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र स्नेहा जोशीको अभिनय रहेको छ । मकवानपुरको चितलाङमा छायांकन गरिएको यो भिडियोमा त्यहाँको सुन्दरतालाई समेटिएको छ । भिडियोमा सुधीर र स्नेहा प्रेमिल जोडीको रूपमा प्रस्तुत भएका छन् । यो गीतको भिडियोलाई अर्जुन थापाले छायांकन तथा सम्पादन गरेका हुन् भने सबला खड्का थापाले निर्माण गरेका हुन् । भिडियोमा जीवन शाहीको निर्देशन रहेको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेश थापा हरेक ६ महिनामा नेपाल आउँछन् । परिवार भेट्ने क्रममा नेपाल आउँदा आफुले हरेक पटक गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गर्दै आएको पनि यी गायकले बताए । उनले यस अघि आयो तिम्रो राजा, मान्दैन मन, भागी भागी नहिँड, नजिक भन्दा टाढा आउँदा, आँखा जुध्न थाल्यो, तिमीसँग दिल बस्यो जस्ता थुप्रै गीतहरू आफ्नो स्वरमा दर्शकमाझ ल्याएका छन् । यति बेला बजारमा ल्याएको यो गीतले पनि दर्शकबाट राम्रो प्रशंसा पाएको उनले राजधानीलाई बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार