हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध (ड्याम) बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो । 

पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम बढेको छ । यसले गर्दा हुङ्गा (हुङ्कु) खोला तथा दुधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बाढीको ठूलो खतरा उत्पन्न भएको छ ।

महाशाखाले हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिलाई नजिकबाट नियालिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार