एजेन्सी : अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो।
जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए।
मेयर चेरेल पार्करका अनुसार मृत्यु हुनेको कूल संख्या अझै थाहा हुन सकेको छैन। उनले भनिन्, ‘धेरै घर र सवारीसाधन प्रभावित भएका छन्।’ एफएएले विज्ञप्ति जनाएअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो।
तर विमान स्थानीय समयानुसार साँझ ६:३० बजेतिर दुर्घटनाग्रस्त भयो। अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ। गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दनुहोस्