बैतडीका विक्रम कोरियामा पहिलो नेपाली पाइलट बने

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-१ मुडापका २३ बर्षीय विक्रमसिंह भाट दक्षिण कोरियामा पहिलो नेपाली पाइलट बनेका छन् । बुवा प्रेमसिंह भाट र आमा शान्ति भाटको कोखबाट जन्मेका विक्रमले दक्षिण कोरियामा आफ्नो सपना पूरा भएको बताएका छन् । 

पाइलट बन्ने लक्ष्य बोकेका भाटले संघर्षबाट सफलता मिलेको बताएका छन् । कम्युटर इन्जिनियरिङ पढाइका लागि सन् २०२३ मा दक्षिण कोरिया पुगेका भाटले पाइलट बन्ने आफ्नो लक्ष्यलाई पूरा गरेका छन् । 

सामान्य किसान परिवारमा जन्मिएका विक्रमले कक्षा ८ सम्म गाउँकै राष्ट्रिय मावि पालीमा अध्ययन गरे भने एसईई मणिलेक मावि गुरुखोलाबाट उत्तीर्ण गरे । महेन्द्रनगरको कञ्चन विद्या मन्दिरबाट विज्ञान बिषय लिएर कक्षा १२ उत्तीर्ण गरेका भाट कम्प्यटुर इन्जिनियरिङको पढाईका लागि दक्षिण कोरिया पुगेका हुन् । 

सानैदेखि पाइलट बन्ने चाहना राखेका भाटलाई कोरिया पुगेपछि पाइलट बन्ने यात्रा सोचेजस्तो सहज भने  थिएन । नयाँ देश, नयाँ भाषा र नयाँ प्रणालीसँगै विदेशी नागरिकका लागि पाइलट बन्ने बाटोसमेत स्पष्ट र सहज नहुँदा उनलाई केही अप्ठ्यारो पक्कै थियो । कोरियन भाषाको सामान्य ज्ञानसमेत नभएका विक्रमले पढाइ, काम र दैनिक जीवनसँगै भाषा सिक्दै आफ्नो सपनासँग सम्बन्धित जानकारी खोज्न थालेको बताए । 

पाइलट बन्ने यात्राकै क्रममा अमेरिकी सैन्य पाइलट ज्यासन काटेजसँग भेट्ने अवसर पाएपछि उनमा पाइलट बन्ने हौसला अझ बढेर गयो । 

उनले पाइलट बन्नका लागि बिहान विश्वविद्यालयका कक्षा, त्यसपछि घन्टौँको यात्रा गरेर प्रशिक्षण, थाकेको शरीर लिएर उडान र राति अबेर घर फर्किने कार्यतालिका बनाए । 

उडान नभएका दिनमा पनि काम गरेर उनले आफ्नो जीवनयापन र पाइलट प्रशिक्षणको खर्च जुटाए । यो यात्रामा उनले आफ्नै कमाइबाट करिब २० लाख रुपैयाँ खर्च गरेका छन् । 

घरपरिवारको साथ सहयोग र आफ्नो आत्मविश्वासले सफलता मिलेको विक्रमको भनाइ छ । २० अगष्ट २०२६ मा पाइलट परीक्षा उत्तीर्ण गरेका विक्रमले कोरियामा पहिलो नेपाली पाइलट बन्ने अवसर पाएको बताएका छन् । 

गाउँको सरकारी विद्यालयबाट शुरु भएको उनको यात्रा कोरियाको आकाशसम्म पुगेको छ । अहिले उनी स्पोर्ट एयरक्राफ्ट उडाउन थालेका छन् र आगामी दिनमा व्यावसायिक पाइलट बन्ने तालिमको तयारीमा छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार