नेपालमा १ लाख ४२ हजार वटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा, वार्षिक रुपमा ३ खर्ब २६ अर्ब आम्दानी

काठमाडौं : नेपालमा करिब डेढ लाख होटेल तथा रेष्टुरेन्ट रहेको पाइएको छ । राष्ट्रिय होटेल तथा रेष्टुरेन्टको सर्वेक्षण २०८० ले यी होटल तथा रेष्टुरेन्टले वार्षिक रुपमा ३ खर्ब २६ अर्ब आम्दानी गरेका छन् ।सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा १ लाख ४२ हजार २२३ प्रतिष्ठानहरु सञ्चालनमा रहेका हुन् ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।संलग्न व्यक्ति भन्नाले प्रतिष्ठानमा सक्रियरुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिहरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।त्यस्तै यी होटल तथा रेष्टुरेन्टमा १ लाख ६ हजार ४५९ जनाले रोजगारी पाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुमा रोजगार व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलव/ज्याला लिनेगरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिहरु भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।प्रतिवेदन अनुसार होटेल तथा रेष्टुरेन्टले तलब/ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख खर्च गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार