बैतडीको सतबाँझमा हिउँदे फलफुलका विरुवाको मुल्य तोकियो !

बैतडी : बैतडीमा हिउँदे फलफुलका विरुवाको मुल्य तोकिएको छ । हिउँदमा फलफुल रोप्ने समय भएसँगै जिल्लाको सतबाँझस्थित सुख्खा फलफुल विकास केन्द्रले हिउँदे फलफुलका विरुवाको मुल्य तोकेको हो ।

केन्द्रले हिउँदमा रोपिने विभिन्न फलफुलका विरुवाहरुको दररेट जारी गरेको छ । विभिन्न जातका हिउँदे फलफूलका बिरुवा नर्सरीमा उपलब्ध रहेका र ती बिरुवाहरुको मूल्य तोकिएको केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए । उनका अनुसार केन्द्रले स्याउ कलमी प्रतिबोट ७० रुपैयाँ तोकिएको छ भने ड्वार्फ स्याउ कलमी प्रतिबोट २ सय रुपैयाँ तोकिएको छ ।

यस्तै नासपाती कलमी प्रतिबोट ७०, आरु कलमी प्रतिबोट ५०, आरुबखडा कलमी प्रतिबोट ५०, खुर्सानी कलमी प्रतिबोट ५०, ओखर कलमी प्रतिबोट ३५०, ओखर बिजु प्रतिबोट ४०, कागती बदाम कलमी प्रतिबोट ६० र कटुस बिजु प्रतिबोट ४० रुपैयाँ मूल्य तोकिएको ठगुन्नाले बताए । केन्द्रको नर्सरीमा विभिन्न जातका हिउँदे फलफूलका ३९ हजार ३९० बिरुवा विक्रि योग्य रहेको बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार