सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दै !

काठमाडौं : सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सबै बैठक सिंहदरबारमा बस्नेछन् । पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा समितिले २०८१ साल भदौ ११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल गर्ने कार्यसूची छ । यता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा २ बजे बस्नेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ । छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार