भक्त विष्ट ‘राकेश’ महाधिवेशन प्रतिनिधिमा निर्वाचित : व्यवसायसँगै दुई दशक लामो राजनीतिक सक्रियताको कदर !

धनगढी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट युवा नेता भक्त विष्ट ‘राकेश’ भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। विगत दुई दशकदेखि निरन्तर सक्रिय राजनीतिक यात्रा गर्दै आएका विष्टले आफ्नो व्यवसायलाई समेत सफलतापूर्वक अगाडि बढाउँदै पार्टी संगठनमा बलियो पकड बनाउन सफल भएका छन्।

धनगढी उपमहानगरपालिका–२ का स्थायी बासिन्दा विष्टले राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाउँदै आएका छन्। विगत १५ वर्षभन्दा लामो समयदेखि धनगढीमा ‘इन्टेल कम्प्युटर’ सञ्चालन गर्दै आएका उहाँले सफल व्यवसायीको छवि निर्माण गर्नुका साथै सामाजिक तथा राजनीतिक जिम्मेवारीलाई पनि उत्तिकै कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्। नेपाल तरुण दलको नगर अध्यक्षसहित पार्टीका विभिन्न तहमा रहेर काम गरिसकेका विष्टको राजनीतिक यात्रामा अनेकौँ त्याग, तपस्या र संघर्ष जोडिएको छ।

कुनै गुट–उपगुटमा सीमित नभई पार्टीका सबै नेता तथा कार्यकर्तालाई समेट्दै अगाडि बढ्ने विष्टको स्वभावले उनलाई क्षेत्र नम्बर ५ मा लोकप्रिय बनाएको छ। जनताको सुख-दुःखमा सधैँ साथ दिँदै आएका उहाँको यो विजय केवल एउटा पदको जित मात्र नभई दुई दशक लामो निरन्तर राजनीतिक सक्रियता र इमानदारिताको सम्मान भएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।

व्यवसायीक सफलतासँगै राजनीतिलाई पनि समान रूपमा अगाडि बढाएका विष्टको महाधिवेशन प्रतिनिधिमा भएको यो विजयले धनगढी क्षेत्र नम्बर ५ मा नयाँ पुस्ताको नेतृत्वप्रति आशा र विश्वास थपेको छ। आगामी दिनमा उनीबाट अझ सशक्त, जिम्मेवार र जनमुखी नेतृत्वको अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार