२० औँ केन्द्रिय कार्यसमितिको निर्वाचनमा नर्सहरुको हित संरक्षणका लागि धामीको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : नर्स जानकी धामीले नेपाल नर्सिङ संघको महासचिव पदमा उम्मेदवारी दिएकी छन्। मंसिर २८ मा हुन लागेको नेपाल नर्सिङ संघको २० औँ केन्द्रिय कार्यसमितिको निर्वाचनका लागि धामीले स्वतन्त्र रुपमा महासचिवको उम्मेदवारी दिएकी हुन्।

लामो समयदेखि नर्सिङ पेसामा आवद्ध धामीले ‘नर्सिङ पेशाको नेतृत्वको लागि नियर्णकर्ता स्वयम् नर्स हो’ भन्ने मूल मुद्दा उठाएर आफ्नो उम्मेदवारी दिएकी छन्।

२० वर्षदेखि नर्सिङ पेशामा आवद्ध धामी पछिल्लो समय वीरअस्पतालमा कार्यरत छन्। धामीले आफ्नो उम्मेदवारी नर्सहरुले भोग्नु परेका विभिन्न समस्या र नेपालका नर्सहरु संसरका कुनै पनि देशमा पुग्दा उत्कृष्ट छन् भन्ने सन्देश दिन समेत रहेको बताएकी छन्।

धामीले भनिन्,‘‘मेरा लागि पेशा सबैभन्दा माथि हो । यही कुरालाई मध्यनजर गर्दै मेरो अनुभव र शैक्षिक योग्यताले नर्सिङ पेशाको समस्या वैज्ञानिक ढंगले समाधान गर्छु भन्ने हो।’’

पेशागत चुनावमा राजनीतिकरणको विरोध गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्। आफू महासचिवमा निर्वाचित भए सरकारी अस्पताल र निजी अस्पतालमा हुने नर्सको सेवा सुविधाको असमानतासमेत हटाउन पहल गर्ने उनको भनाइ छ। हरेक तीन वर्षमा नर्सिङ संघको चुनाव हुनेगर्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार