रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै !

काठमाडौँ : सहकारी ठगीसहित चार ओटा अभियोगमा प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो । पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएसँगै थप केही समय हिरासतमा राखेर अनुसन्धान गर्ने गरी म्याद थप गराउन लागिएको हो । 

उनी सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यहाँबाट पोखरा ल्याई ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । सहकारी ठगीबारे पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको बयान सकिएसँगै पाँच ओटै सहकारीको बयान सकिएको छ । 

तत्कालका लागि सहकारीको बयान सकिएको भए पनि उनीमाथि लागेका संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको अनुसन्धान पनि चलिरहेको छ । उक्त प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रहरीले अनसन्धानकै क्रममा रहेको बताएको छ ।  अनुसन्धान सकिएपछि उनीविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ । 

पाँच जिल्लामा छुट्टाछुट्टै उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइ सरकारी वकिलको कार्यालयले बयान लिएको भएपनि अब भने पाँच ओटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । 

सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था रहेको छ । रविसँगै उनका गोर्खा मिडिया प्रालिका साझेदार पूर्व डीआईजी छविलाल जोशीसमेत असोज ६ गतेदेखि नै प्रहरीको थुनामै छन् । ९० दिन थुनामा राख्न पाउने भएकाले छविको हिरासत समय सकिन १० दिनमात्र बाँकी छ । 

१० दिन भित्रै छवि र रविका बारेमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ । पाँच ओटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनीहरु थुनामुक्त हुनेछन् । पाँचमध्ये कुनै एउटा अदातलले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे भने थुनाका लागि कारागार चलान हुनेछन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार