काठमाडौं : चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट गायब भएका छन् । उनीहरुको आधिकारिक टिकटक खाता अहिले देखिँदैन ।
उनीहरु आफैले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि टिकटकले खातालाई प्रतिबन्ध लगाएको हो, यो भने खुलेको छैन ।
सोमबारदेखि टिकटक प्लाटफर्ममा उनीहरुको एकाउन्ट देखिएको छैन । नेपालका ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।
गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताको आलोचनाको केन्द्रमा उनी छन् । यो पृष्ठभूमिमा उनीहरु टिकटकमा देखिन छाडेका हुन् ।
प्रतिक्रिया दिनुहोस्