सुदूरपश्चिममा उपचुनाव: मतदान जारी, कति खस्यो मत ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा २८ प्रतिशत मतदान भएको छ। स्थानीय तहमा रिक्त एक जना उपाध्यक्ष र चार जना वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १२ बजेसम्म २८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जानकारी दिए। उनकाअनुसार उपाध्यक्षका लागि उपनिर्वाचन भइरहेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा २२ प्रतिशत मतदान भएको छ।

Seti Hospital

कुल सात हजार ४६० मतदाता रहेकोमा १२ बजेसम्म एक हजार ७०६ जनाले मतदान गरेका छन्। स्वामीकार्तिकमा उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुत्लीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र एकीकृत समाजवादी पार्टीकी जवा शाही प्रतिस्पर्धामा छन्।

वडाध्यक्षका लागि मतदान भइरहेको बझाङको सुर्मा गाउँपालिका–४ मा भने ५० प्रतिशत मत खसिकेको छ। सुर्मा गाउँपालिका–४ मा कुल एक हजार ५५४ मतदाता रहेकोमा ८२६ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि भइरहेको मतदानमा २४ प्रतिशत मत खसेको छ। कुल पाँच हजार ४३४ मतदाता मध्ये एक हजार ३४८ जनाले मतदान गरिसकेका छन्।

यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा ३१ प्रतिशत मत खसेको छ। कुल एक हजार २७२ मतदाता मध्ये ३९५ जनाले मतदान गरेका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा पनि २१ प्रतिशत मत खसेको छ। एक हजार ५९३ मतदाता मध्ये दिउँसो १२ बजेसम्म ३४२ मत खसेको छ।

सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार