ड्युटीमा रहेका ट्राफिक प्रहरीले सेवाग्राहीसँग हात मिलाउन नपाउने

ट्राफिक प्रहरीले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन आफ्ना कर्मचारीलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जारी गरेको परिपत्रअनुसार चेकिङ तथा अन्य ड्युटीका समयमा ट्राफिक प्रहरी कर्मचारीले सवारी चालकलगायत अन्य सेवाग्राहीसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भएकाले यस्तो निर्देशन दिइएको उल्लेख छ ।

गत मंगलबार गरिएको परिपत्रअनुसार अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा अस्वीकार गर्नुपर्नेछ । त्यस्ता अवस्थामा टाढैबाट नमस्कार गरेर मात्रै सम्मान व्यक्त गर्न भनिएको छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीको निर्देशनमा जारी गरिएको निर्देशन ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट सबैमा लागू हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार