धनगढी–अत्तरीया ६ लेन सडकमा हाइस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु

धनगढी — कैलालीको धनगढी–अत्तरीया ६ लेन सडकखण्डमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोक नजिक आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ गेटाका ६५ वर्षीय चेतराज भट्ट गम्भीर घाइते भएका थिए। सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०६९३ नम्बरको हाइस र म १ प ५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते भट्टलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा आइतबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

घटनामा संलग्न हाइस चालक डोटीको शिखर नगरपालिका–१० निवासी २६ वर्षीय टेकबहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार