६ वर्ष १० महिनामा चिलिमे–त्रिशूली प्रशारण लाइन निर्माण सम्पन्न

रसुवा : ६ वर्ष १० महिनामा चिलिमे–त्रिशूली प्रशारण लाइन निर्माण सम्पन्न भएको छ। निर्माण पूरा भएसँगै सो प्रशारण लाइनको परीक्षणको तयारी थालिएको छ।

भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको २२० केभी क्षमताको सो प्रशारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो। प्रशारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न सहज भएको छ। 

धनगढी सूचना

नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रशारण लाइन निर्माण गरेको हो। त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रशारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। उक्त प्रशारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि  राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ। 

प्राधिकरणको हाई भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रशारण लाइन निर्माण सम्पन्न भएको र अब परीक्षण प्रशारण थालिने जानकारी दिए। प्रशारण लाइनको कूल लागत ३ अर्ब ६२ करोड रुपैयाँ बराबर छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो। 

भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो।  प्रशारण लाइन पूरा भएसँगै १११ मेगावाट रसुवागढी, ४२ दशमलव ५ मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वन, त्रिशूली थ्रीबीको ३७ दशमलव ३ मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार