जाजरकोट सदरमुकाममा जिप दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौँ :  जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए। 

Dengue

बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए। घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार