बेलडाँडीमा अचेत अवस्थामा भेटिए एक युवक, हुन सकेको छैन पहिचान

बेलौरी : कञ्चनपुरको बेलडाडीमा एक युवक अचेत अवस्थामा भेटिएका छन । आइतबार राती बेलडाडी गाउँपालिका २ क्यामबाट अन्दाजी २७ वर्षीय युवक अचेत अवस्थामा भेटिएका हुन । 

सडक किनारमा अचेत अवस्थामा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।

गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको ईलाका प्रहरी कार्यालय बेलडाडीले जनाएको छ । 

युवकको हालसम्म समेत पहिचान हुन नसकेको प्रहरीको भनाई छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।अत्तरिया अनलाईनबाट साभार

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार