मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका–४ स्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा शुक्लाफाँटा नगरपालिका–५ बनसमितका रुद्र बहादुर ओलीको मृत्यु भएको हो।

महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशप्रसाद जोशीले बताए।

Dengue

दुर्घटनामा भीमदत्त नगरपालिका–६ का ५२ वर्षीय हरिदत्त जोशी घाइते भएका छन्। मृतक ओली शुक्लाफाँटा नगरपालिकाका कर्मचारी हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार