इजरायली आक्रमणमा हमास नेता इस्माइलका तीन छोरा मारिए

एजेन्सी : उत्तरी गाजामा इजरायलको हवाइ आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन्।

इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन्।​ हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

सती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको उनको भनाइ छ। ​ हानियाका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार