पिउन सुरू गर्नुहोस् निलो चिया, स्वस्थ हुनेछ शरीर

एजेन्सी : दुध राखेको चियाको तुलनामा हर्बल टी स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

अपराजिताको फूलबाट बन्ने निलो चियाका पनि धेरै फाइदाहरु छन् ।स्वास्थ्य विशेषज्ञका अनुसार ब्लू टी यानिकी निलो चिया मधुमेह, क्यान्सर जस्ता समस्यामा एकदमै लाभदायक हुन्छ ।

Dengue

ब्लू टीले रक्तचाप तथा कोलेस्ट्रोल सुधारमा पनि राम्रो काम गर्छ ।

एन्टीअक्सीडेन्टले भरपूर ब्लू टी रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । चियामा हुने एन्थोसायनिनले चियालाई निलो रंग दिने गर्छ । ब्लू टी सेवन गर्दा मानसिक स्वास्थ्य, स्मरण शक्ति पनि बुस्ट हुन्छ ।

अल्जाइमर जस्तो समस्यालाई पनि निको पार्न ब्लू टीले सहयोग गर्दछ । यो चियामा क्याफिन हुँदैन त्यसैले पनि यसले स्वास्थ्यलाई कुनै नोक्सान गर्दैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार