कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन (नामसहित)

धनगढी— कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ टिप्न जंगल गएपछि सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए।

प्रहरीका अनुसार उनीहरू निकुञ्जको मालुमेला पोष्ट हुँदै भित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

उनीहरू नौ र पाँच जनाको दुई समूहमा विभाजित भएर च्याउ टिप्न गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। निर्धारित समयमा घर नफर्किएपछि खोजी सुरु गरिएको हो।

प्रहरीले सम्पर्कविहीन सबै महिलाको खोजी कार्य जारी रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार