एजेन्सी : दुध राखेको चियाको तुलनामा हर्बल टी स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।
अपराजिताको फूलबाट बन्ने निलो चियाका पनि धेरै फाइदाहरु छन् ।स्वास्थ्य विशेषज्ञका अनुसार ब्लू टी यानिकी निलो चिया मधुमेह, क्यान्सर जस्ता समस्यामा एकदमै लाभदायक हुन्छ ।
ब्लू टीले रक्तचाप तथा कोलेस्ट्रोल सुधारमा पनि राम्रो काम गर्छ ।
एन्टीअक्सीडेन्टले भरपूर ब्लू टी रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । चियामा हुने एन्थोसायनिनले चियालाई निलो रंग दिने गर्छ । ब्लू टी सेवन गर्दा मानसिक स्वास्थ्य, स्मरण शक्ति पनि बुस्ट हुन्छ ।
अल्जाइमर जस्तो समस्यालाई पनि निको पार्न ब्लू टीले सहयोग गर्दछ । यो चियामा क्याफिन हुँदैन त्यसैले पनि यसले स्वास्थ्यलाई कुनै नोक्सान गर्दैन ।
प्रतिक्रिया दिनुहोस्