धनगढी— कैलाली प्रहरीले अनलाइन गेमिङ सञ्चालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्ने व्यक्ति धनगढी उपमहानगरपालिका–११ निवासी ३६ वर्षीय महेश बोगटी हुन्। उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बोगटीमाथि अनलाइन गेमिङ सञ्चालन गराएको आरोपमा अनुसन्धान अघि बढाइएको छ। हाल उनलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ




प्रतिक्रिया दिनुहोस्