छोरी जन्मिए पछी नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

वीरगञ्ज : नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।

Dengue

तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको थापाले बताए ।

प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

‘योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ’, थापाले भने, ‘यद्यपि, सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं ।’ उनीहरुलाई देख्नेहरुले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार