त्रिदेशीय शृंखलामा कप्तान पौडेलको ‘फ्लप’

काठमाडौं- नेपालमा जारी नेपाल-नेदरल्यान्डस् र नामिबियाबीचको खेलमा कप्तान रोहित पौडेलको प्रदर्शन फ्लप भएको छ। आइतबार भइरहेको नेदरल्यान्ड्ससँगको खेलमा कप्तान पौडेलले ४० बलमा जम्मा १६ रन जोडेर बाहिरिएका छन्। 

उनी आर्यन दत्ताको बलमा नोह क्रोएसबाट क्याचआउट हुन पुगेका हुन्। धेरै डटबल खेलेका उनले प्रेसरमा बाउन्ड्री हान्न खोज्दा बलले उचाइ मात्र प्राप्त गरेको थियो। जसले उनी सहज क्याचआउट हुन पुगे।

Dengue

नेदरल्यान्ड्ससँगको खेलमा नेपालका अन्य ब्याटर दिपेन्द्र सिंह ऐरी, अनिल शाह र कुशल मल्लको प्रदर्शन पनि बिर्सिनलायक बनेको छ। 

कप्तान पौडेलले यो शृंखलाको कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेनन्। उनको उच्च स्कोर नै १६ बनेको छ भने चारमध्ये एक खेलमा शुन्य, एकमा जम्मा एक रन जोडेर बाहिरए। एक खेलमा भने ब्याटिङको मौका पनि पाएनन्। नेपालका लागि भरपर्दा ब्याटर समेत रहेका कप्तानको फ्लप शोसँगै नेपालले नामबियासँगका दुवै खेलमा पराजय बेहोर्नु परेको छ।

यो शृंखला अन्तर्गतको अन्तिम खेलमा समेत नेपालको ब्याटिङ लाइन धर्मराएको छ। एक सय समेत पूरा नगरी आधा टिम अर्थात् पाँच जना ब्याटर बाहिरिएका छन्।

ओपनर कुशल भुर्तेलले अहिले आफ्नो पारी केही परसम्म लिने कोशिस जारी राखेका छन्। ओपनर आरिफ शेखले उनलाई केही हदसम्म साथ दिएका थिए।

यो शृंखलामा नामिबियाले नेपालसँग दुई र नेदरल्यान्डससँग एक खेल जित्दै ६ अंक जोडेर अंक तालिकाको शिर्ष क्रममा स्थान बनाएको छ। आजको खेलको विजेता ४ अंकसहित दोस्रो बन्नेछ भने पराजित हुने टिम २ अंकसहित तेस्रो स्थानमा रहनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार