काठमाडौं : बिहीबार मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो। क्यानडाका बलरसामु नेपाली ब्याटर खुलेर खेल्न सकेनन्।
नेपालका लागि सन्तोष घिरैयाले २८, अर्जुन कुमालले २७, बशिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रसिद खान र प्रतिश जीसीले १९-१९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
क्यानडाका लागि निकोलस किर्टोन, डिलोन हेलिगर र हर्श ठाकेरले दुई-दुई तथा कलीम साना र साद बिन जफरले एक-एक विकेट लिए।
नेपाल भ्रमणमा रहेको क्यानडा एघारले नेपालको ‘ए’ टोलीसँग एकदिवसीय प्रतियोगिता खेलिरहेको छ। नेपाल र क्यानडाबीच चलिरहेको प्रतियोगिताको यो तेस्रो खेल हो।
पहिलो खेल क्यानडाले चार विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले दुई विकेटले जितेको थियो।
प्रतिक्रिया दिनुहोस्