लिस्ट ‘ए’मा पनि नेपालको फितलो ब्याटिङ, क्यानडालाई १८२ रनको लक्ष्य

काठमाडौं  : बिहीबार मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो। क्यानडाका बलरसामु नेपाली ब्याटर खुलेर खेल्न सकेनन्।

नेपालका लागि सन्तोष घिरैयाले २८, अर्जुन कुमालले २७, बशिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रसिद खान र प्रतिश जीसीले १९-१९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

Seti Hospital

क्यानडाका लागि निकोलस किर्टोन, डिलोन हेलिगर र हर्श ठाकेरले दुई-दुई तथा कलीम साना र साद बिन जफरले एक-एक विकेट लिए।

नेपाल भ्रमणमा रहेको क्यानडा एघारले नेपालको ‘ए’ टोलीसँग एकदिवसीय प्रतियोगिता खेलिरहेको छ। नेपाल र क्यानडाबीच चलिरहेको प्रतियोगिताको यो तेस्रो खेल हो।

पहिलो खेल क्यानडाले चार विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले दुई विकेटले जितेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

dhangadhi Add
Ban karyalaya

समबन्धित समाचार