निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँड गर्ने विषयमा पनि छलफल भएको थियो ।
एमालेलाई राष्ट्रियसभा निर्वाचनमा सँगै लैजाने विषयमा बैठकमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन अगाडि नै टीआरसी विधेयक टुङ्गोमा पुर्‍याउने गरी सैद्धान्तिक सहमति भए मात्र एमालेसँग सहकार्य हुनसक्ने आफूहरूको अडान राखेको उनले जानकारी दिए ।

Dengue

एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलसँग ६ सिट मागेको छ ।एमालेलाई सिट बाँडफाँड गर्ने विषयमा माधव नेपाल भने सकारात्मक नदेखिएको बुझिएको छ । नेपाल एमालेलाई सिट दिने विषयमा छलफल गर्न नसकिने भन्दै बैठक छाडेर हिँडेका थिए ।

गठबन्धन दलको बैठक फेरी बसेर यो विषय टुङ्गोमा पुर्‍याउने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।आजै बेलुका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार