परीक्षा दिन स्कुल हिँडेकी १४ वर्षीया करुणा दुई दिनदेखि सम्पर्कविहीन

धनगढी- तेह्रथुममा घरबाट स्कुल हिँडेकी १४ वर्षीया बालिका सम्पर्कविहीन भएकी छन् । जिल्लाको फेदाप गाउँपालिका ३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानैदेखि घरबाट विद्यालय जाँदै गर्दा हराएकी थिइन् । करुणा परीक्षा दिन बिहान स्कुल गएपनि घर नफर्केको उनले बताए । पुस ९ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा औपचारिक उजुरीसमेत दिइएको छ ।

Dengue

उनले रातो कुर्ता सुरुवाल लगाएकी छन् भने कालो झोला बोकेकी थिइन् । करुणाको अवस्था बारे जानकारी भएमा बेनकुमार ठटालको फोन नम्बर ९८४२३१३३२०६ वा भीम दमाईको नम्बर ९८४२७७४२४३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

करुणा ठटालको खोजीमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमलगायत स्थानीय निकाय सक्रिय छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार