“हे भगवान् ! मेरा नातिको रक्षा अर्या : बाजे दलबहादुरको पुकार

“दम रे मार्यो हजुर । पानी ल्यई ल खाई नसक्ते हजुर, हणखीको पानी । तिह यिसाई हुँ दुई ज्याहान ।”उमेरले ६५ बर्षका दल बहादुर बिकले आफ्नो सुख दु:ख कि सहयात्री ५० बर्षीया जीवन संगिनी बासुसँगै बसेर भने । बासु एक महिनादेखि बिरामले थला परेकी छन् । आर्थिक अभावले अस्पताल पुर्याउन सकिएको छैन उनलाई । दुईचार दिनदेखि उनको खानापानी पनि छुट्न थालिसकेको छ । घरको अध्यारोँ कोठामा रात बिताउन बाध्य र विवस उनको बाच्नेमर्ने कुनै ठेगान छैन ।
दलबहादुर आफू पनि विगत ३ बर्षदेखि दमले ग्रसित छन् । पटक पटकको खोकाइले उनको फोक्सोमा असह्य पिडाको घन बजारिरहन्छ, कहिलेकहीँ श्वास बन्दहुन खोजिरहन्छ, कहिलेकहीँ श्वामा उतारचढाव आइरहन्छ । अब त झनै निगाला चिरेर डोकाडाला बनाउने हातहरु नचल्ने भएका छन् । गन्तव्य पुर्याउने सहयात्री खुट्टाहरु हिड्न छाडेका छन् । उनलाई एक छाक भोको पेट पाल्न समेत धौ:धौ पर्न थालेको छ । जिन्दगीको आसा भरोसा निरन्तर पश्चिमको घाम हुँदै गएको अनुभूति गरिरहेका छन् उनी आज ।
जिन्दगीमा कहिले सुखको अनुभूति गर्न नपाएका उनको जीवनमा सदा दु:ख र पिडाको कालो बादल मडारिरह्यो । दुई बर्ष अगाडि भारतको पन्जावमा नोकरी गर्न गएका कान्छा छोरा शिवीले २२ कर्षको कलिलो उमेरमा यस संसारबाट सदाकालागि बिदा लिए । बुहारी विधवा बनिन् । दुई नातिनतिनाहरु टुहुरा बने । आज पनि छोरा वितेको त्यो दुखद् क्षण सम्झिदा उनको गहभरि आँसु छछल्किएर आउँछ । अकस्मात् भकान्निन पुग्छन् उनी । आँखाबाट आँसुका धारा बर्षिन्छन् उनका ।
दलबहादुरका २७ बर्षीय जेठा छोरा नरि बिकले १० र १२ बर्षको कलिलो उमेरदेखि भारतको पन्जाब गएर कोठीमा भाडा माझे । होटलका भाडा माझे । गेटको चौकिदारी गरे, तर सहज जीवन गुजारा गर्ने सपना कहिले पूरा हुन सकेन । जति परिश्रम गरे पनि भाग्यले ठगिरह्यो । हरेक बर्ष घरयासी समस्याले झेली रह्यो । यस बर्ष पनि एक महिना अघि मात्र
घरपरिवारको मुखमा चारो हाल्न अनि शरीर ढाक्ने लुगाफाटोको जोहो गर्न पन्जावको यात्रा तयगरेका थिए उनका जेठा छोराले । तर उनी पन्जाब गएदेखि नै घरमा उनकी जीवन संगिनी थला परिन् । मंसिर २८ गते साँझ उनका ५ बर्षिया जेठा नाति निसान बिक अकस्मात अचेत भएर ढले । वायलबाट दिपायल हुँदै ९ बजे राति एम्बुलेन्स रिजर्व गरी सेती प्रादेशिक अस्पताल, धनगढी पूर्याइयो । सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव भएकाले निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर, धनगढीमा भर्ना गरियो । प्राइभेट अस्पतालको महङ्गो खर्च धान्न मुस्किल थियो र पनि सहयोगी तथा चन्दादाताहरुको आर्थिक सहयोगमा अस्पतालको सँघन उपचार कक्षको ६/७ दिनको निरन्तर उपचारपछि निसानलाई केही विषेक भएको छ । तर अझै पनि बिरामी बच्चाको रोगको पूर्ण निदान हुन सकेको छैन । थप उपचार र निदानको लागि डक्टरले बिरामी बच्चालाई काठमाण्डौं लैजान सुझाएका छन् । तर चरम आर्थिक अभाव छ । खर्चको जोहो गर्न कठिन छ । थप उपचारका लागि कहाँ पुर्याउने, कसरी पुर्याउने अलमलमा छन् उनका परिवार ।
“हे भगवान् , मेरा नातिको रक्षा अर्या ।”बाजे दलबहादुर पुकार गरिरहेका छन् र हाम्रो तर्फबाट पनि निसान लगायत स-परिवारको शिघ्र स्वास्वास्थ्य लाभको कामना

नरबहादुर कार्कीको फेसबुक बाट साभार
के.आई.सिंह गाउँपालिका-४, वायल, डोटी

Dengue

भिडियो लिंक

https://www.facebook.com/100011453760262/videos/325464457051167/

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार