धनगढी । सुदूरपश्चिम प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय, धनगढीले अब सेवाग्राहीलाई छिटो सेवा दिने उद्देश्यसहित १५ दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ।
कार्यालयका अनुसार विभिन्न मितिसम्म आवेदन दिएका (नयाँ, थप, नवीकरण तथा प्रतिलिपि) सेवाग्राहीहरूको लाइसेन्स प्रिन्ट भइसकेको छ। सम्बन्धित सेवाग्राहीले आफ्नो लाइसेन्स नम्बर र नामावली हेरी राजस्व तिरेको भौचर वा निस्सा लिएर कार्यालयमा सम्पर्क गरी लाइसेन्स बुझ्न सक्ने जनाइएको छ।
सूचनाअनुसार विशेष गरी २०७८ सालदेखि २०८१ वैशाखसम्मका तथा २०८३ वैशाख ४ देखि २०८३ वैशाख ७ सम्मका आवेदनकर्ताहरूको लाइसेन्स तयार भइसकेको कार्यालयले जनाएको छ।
नयाँ व्यवस्थासँगै लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ भने सेवाग्राहीले अब छोटो समयमै लाइसेन्स पाउने भएका छन्।





प्रतिक्रिया दिनुहोस्