बाजुरा । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । हिजो साँझतिर आएको वर्षातसँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुर्याएको हो ।
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका २ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो गई भेंडा र बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले दिएको जानकारीअनुसार, जगन्नाथ गा.पा. २ माथिल्लो हुनी बस्ने चैनबहादुर विष्टका ५४ वटा बाख्रामध्ये पहिरोमा परी २ वटा मृत फेला र ९ वटा बेपत्ता भएका छन् ।
_djxMPjHrjX.jpg)
त्यस्तै अमृत ल्वारका ५६ वटा बाख्रामध्ये पहिरोमा परी ३ वटा मृत फेला र १४ वटा बेपत्ता भएका छन् । त्यस्तै राजबहादुर विष्टका ४० वटा भेंडामध्ये पहिरोमा परी ५ वटा मृत फेला परेको र १० वटा बेपत्ता भएका छन् । ऐनबहादुर विष्टका ९५ वटा भेंडामध्ये पहिरोमा परी ३ वटा मृत फेलाको र ५ वटा बेपत्ता भएका छन् ।
त्यस्तै हिजो साँझ त्रिवेणी न.पा. वडा नं. ९ खोयाका कुलबहादुर साउँदको बाख्रा गोठ नजिकै चट्याङ पर्दा गोठमा ३ वटा बाख्रा मरेका छन् ।

खप्तड छेडे दह गा.पा. १ काट्या तलगाँउ बस्ने बिरे रावलको पसल हावाहुरीले उडाएको छ । हावाहुरीबाट उनको काठ र जस्तापाताले बनेको पसल उडाई पसलमा रहेका जुता चप्पल, कपडा र कपडा सिलाउने मेसिनमा क्षति भएको र मानवीय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्