२० हजार जनालाई रोजगारी दिन अघि बढे कैलाली-५ का सांसद चन्द

कैलाली :- कैलाली–५ का सांसद डा. आनन्द चन्दले ‘सुदूरपश्चिम इन्क्युबेसन तथा स्टार्टअप’ अवधारणा सार्वजनिक गरेका छन्। यो अवधारणा उद्योग वाणिज्य संघ, कैलालीसँगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको हो।

यो योजना ‘हब एन्ड स्पोक’ मोडेलमा आधारित छ। यसअन्तर्गत सुदूरपश्चिमका ८८ पालिका, प्रदेश सरकार, ९४ कलेज र उद्योग वाणिज्य संघ कैलालीबीच सहकार्य हुने बताइएको छ।

कार्यक्रममा डा. चन्दले २ हजार स्टार्टअप स्थापना गरेर २० हजार जनालाई रोजगारी दिने लक्ष्य रहेको जानकारी दिए। उनले उद्योग वाणिज्य संघ कैलाली र अध्यक्ष पुष्करराज ओझाको सहयोगप्रति धन्यवाद पनि दिए।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष ओझाले यो छलफल उपयोगी भएको बताए। उनले सरकार र निजी क्षेत्र मिलेर काम गरे योजना सफल हुने विश्वास व्यक्त गरे।

पूर्वअध्यक्ष दिनेश भण्डारीले यस्तो पहल सकारात्मक भएको र सही नेतृत्व पाएको महसुस भएको टिप्पणी गरे।

कैलाली मल्टिपल क्याम्पसका उद्यमशीलता प्रमुख डा. राजेन्द्रवीर चन्दले स्टार्टअप बिना रोजगारी सिर्जना कठिन हुने बताए। उनले पहिले पनि केही स्टार्टअपलाई अनुदान दिएर सञ्चालनमा ल्याइएको जानकारी दिए।

त्यस्तै, अन्य संस्थाका प्रतिनिधिहरूले पनि यो अवधारणा राम्रो भएको र सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार