रास्वपा सभापति लामिछानेले भेटे चिनियाँ राजदूतलाई

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच भेट भएको छ। सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालयमा शिष्टाचार भेट भएको हो।

भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ। त्यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ। जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए।

पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका रास्वपाले सुचना मार्फत जानकारी गराएको छ। भेटमा रास्वपा नेताहरु शिशिर खनाल, लिमा अधिकारी र प्रतिभा रावल पनि सहभागी थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार