मनसुनमा फैलिने आँखाको फ्लूबाट बच्ने तरिका

एजेन्सी । वर्षात वा मनसुनको मौसममा रोग लाग्ने खतरा दुईगुणा बढेर जान्छ । यस्तोमा आँखामा फ्लू आउने जस्ता समस्या पनि बढी देखिन्छ । जानौं आई फ्लु बाट कसरी बच्न सकिन्छ ।

हात धुने

Dengue

आँखामा हुने संक्रमणबाट बच्नका लागि तपाईंले समय समयमा आफ्नो हात धुनु पर्दछ । यस्तो किनभने यदी तपाईंले फोहोर हातले आफ्ना आँखाहरु छुनुभयो भने यसले संक्रमण बढ्ने सम्भावना हुन्छ ।

नजिकै आँखा नजुधाउने

आई फ्लुबाट बच्नका लागि तपाईं संक्रमित व्यक्तिसँग आँखा जुधाउने वा उसको सम्पर्कमा नजिक जाने गर्नु हुँदैन । यसो गरेमा संक्रमण सर्ने सम्भावना अत्यधिक हुन्छ ।

संक्रमितको सामान प्रयोग नगर्ने
घरमा होस् वा अफिसमा जो व्यक्तिलाई फ्लु भएको छ तपाईं उसको कपडा, तौलिया वा रुमाल आदि प्रयोग गर्नबाट बच्नुहोस् । यदी कोही संक्रमितको सामानहरु प्रयोग गर्दा फ्लु सर्ने सम्भावना हुन्छ ।

आँखा नमिच्ने

आई फ्लुबाट बच्नका लागि पटक पटक आफ्नो आँखा मिच्ने काम नगर्नुहोस् । समय समयमा सफा पानीले आँखा धुन भने सकिन्छ ।

सरसफाईमा ध्यान दिने

यस्ता आँखाको वा अन्य कुनै फ्लुबाट बच्नका लागि आफ्नो वरिपरिको वातावरण पनि सफा राख्ने गर्नुहोस् । घरका सामानहरुलाई बेला बेला स्यानिटाइज गर्दा यस्ता संक्रमण फैलनबाट रोकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार