डेंगुका बिरामी दिनप्रतिदिन थपिँदै

काठमाडौं: नेपालमा डेंगुका बिरामी दिनप्रतिदिन थपिँदै गइरहेका छन्। पछिल्लो दुई हप्तामा मात्र २ हजारभन्दा बढी बिरामी थपिएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए। तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

Seti Hospital

डेंगुका थप भएका बिरामी पनि अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका मात्र हुन्। स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी थप भएको विवरण महाशाखामा आउन थालेको छ। बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ।

महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। यीमध्ये दुई हजारभन्दा बढी संक्रमित पछिल्लो दुई सातामा थपिएका हुन्।

गत वर्ष नेपालमा स्वास्थ्य संस्थाको रेकर्डमा आएका डेंगुका बिरामीको संख्या ५४ हजार ७ सय ८४ जना थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार