प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाँदै

काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उहाँ नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलुकी त्यसतर्फ जान लाग्नुभएको हो ।

पर्सि ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलमासमेत सहभागी हुनुहुनेछ ।

Dengue

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार