धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित एसपिए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले गुणस्तरीय शिक्षा नै आफूहरुको बलियो हतियार भएको बताएका छन् । २६ वर्षको इतिहास बोकेको एसपिए कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाकै कारण ५ हजार विद्यार्थी र अभिभावकले विश्वास गर्दै आएको उपाध्यायको भनाई छ ।
एसपिए कलेज विगत तीन दशकदेखि निरन्तर चलिरहेको बताउँदै उनले आगामी दिन अझै उज्वल हुनेमा विश्वास व्यक्त गरेका छन् । ‘एसपिए कलेज खहरे खोलाजस्तो होइन, हामी निरन्तर बगिरहने कर्णाली नदी जस्तै हौँ’, उनले भने, ‘जसरी कर्णाली नदी अविरल, अविराम बगिरहन्छ त्यसरी नै एसपिए कलेज पनि निरन्तर चलिरहेको छ । हामी कहिल्यै रोकिदैनौँ ।’
त्यस्तै एसपिए कलेजमा फरक संस्कृति र विद्यार्थीको व्यक्तित्व विकासका लागि फरक अभ्यास गरिने र उच्चतम प्रविधिको प्रयोग गरिने भएकाले पनि नयाँ विद्यार्थीका लागि एसपिएक कलेज पठनपाठनका लागि सही भएको क्याम्पस प्रमुख उपाध्यायले बताएका छन् । (भिडियो)
प्रतिक्रिया दिनुहोस्