‘प्लस टु’ अध्ययनका लागि क्रिस्सेन्ट स्कुल किन खास छ ? (अन्तर्वार्ता)

धनगढी । माध्यामिक शिक्षा परीक्षा एसइईको रिजल्ट आएसँगै अहिले विद्यार्थीहरु प्लस टु पढाईका लागि कलेज खोज्न व्यस्त छन् । त्यसैमाथि अहिले धनगढीका कलेजहरुमा दैनिक विद्यार्थीहरुको चाप बढ्न थालेको छ । यसैबीच हामीले पछिल्लो समय अधिकांश विद्यार्थीको रोजाईमा परेको क्रिस्सेन्ट सिटी स्कुलका प्रिन्सिपल तिर्थराज फुलारासँग कुराकानी गरेका छौँ ।

कुराकानीका क्रममा उनले क्रिस्सेन्ट स्कुलका बारेमा बाहिर चलेको हल्ला सबै भ्रम रहेको बताएका छन् । ‘धेरैले क्रिस्सेन्ट स्कुल महंगो छ भन्छन्, तर खासमा त्यस्तै होइन’, उनले भने, ‘एकपटक आएर विद्यार्थी र अभिभावकले बुझ्नुभयो भने यहाँ उपलब्ध हुने सुविधा अनुसार यो स्कुल सस्तो हो ।’

Dengue

पछिल्लो समय प्रविधिको विकास र परिवर्तनलाई ध्यानमा राख्दै आफ्नो स्कुल पूर्ण रुपमा प्रविधिमैत्री रहेको प्रध्यानाध्यापक फुलाराले दाबी गरेका छन् । विद्यालय भनेको विद्यार्थीको भविष्य निर्धारण गर्ने थलो भएकोले उनले अभिभावकहरुलाई पनि बालबालिकाको भविष्य निर्धारणका लागि सही र गुणस्तरीय कलेज छनौट गर्न पनि आग्रह गरेका छन् । ‘मेरै स्कुलमा विद्यार्थी भर्ना गर्नुस् भन्ने होइन’, उनले भने, ‘तर विद्यार्थी भर्ना गर्नुपूर्व अभिावकले पनि एकपटक कलेजको अवस्था र स्थितिका बारेमा बुझ्नुपर्छ ।’

त्यस्तै कलेजका बारेमा पछिल्लो समय विद्यार्थीहरुमा स्थापित गरिएको गलत भाष्य परिवर्तन गर्नको लागि आफू र आफ्नो स्कुल लागि परेको बताउँदै उनले उज्वल भविष्य चाहने विद्यार्थीको भविष्यका लागि क्रिस्सेन्ट स्कुल सही भएको बताएका छन् । (भिडियो)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार