एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको छ ।

बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो ।

Dengue

कार्यालय प्रमुख जयन्ती सत्यालले सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई परिपत्र गर्दै १.६ जीपीए ल्याएको विद्यार्थी कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने बताए ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९/०५/१९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न एसईईमा न्यूनमत औसत ग्रेड प्लाइन्ट १.६ प्राप्त गरेको विद्यार्थीहरू योग्य मानिने निर्णय गरेको थियो । कार्यालयले सोही आधारमा कक्षा ११ मा भर्ना गर्न सबैमा अनुरोध गरेको हो ।

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भन्ने विषयमा बोर्डले यसअघि नै मापदण्ड तयार पारेको थियो । सोही आधारका विषय मात्र पढ्न पाउने बोर्डले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार