ग्यालेक्सीकी नितुले सुदूरपश्चिममै सबैभन्दा धेरै जीपीए ल्याइन्

धनगढी । बिहीबार माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म सुदूरपश्चिमम प्रदेशमा सबैभन्दा राम्रो जीपीए ल्याउनेमा ग्यालेक्सी माविकी छात्रा नितु विष्ट रहेकी छिन् । विष्टले ४.० जीपीए ल्याएकी हुन् ।

यो समाचा तयार पार्दासम्म सुदूरपश्चिम प्रदेशभरमा सबैभन्दा बढी जीपीए ल्याउने पहिलो छात्रा हुन् । नितुको उक्त नतिजासँगै ग्यालेक्सीको सर्वोत्कृष्टतालाई निरन्तरता दिई उच्चतम नतिजा हासिल गरी गौरवान्वित बनाएकोमा विद्यालयका प्राचार्य छत्र राज पण्डितले खुसी व्यक्त गरेका छन् ।

Dengue

विद्यालयबाट एसईई परीक्षामा संलग्न ६१ विद्यार्थी मध्ये पाँच जनाले ३.६ देखि ४.० जीपीए ल्याएका छन् । त्यस्तै, १४ जनाले ३.२ देखि ३.६ जीपीएसम्म ल्याएका छन् भने ४२ जनाले ३.२ जीपीएसम्म ल्याएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार