अछाम । नारी टेलिभिजनको उद्घाटन गर्न सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले २०८४ सालमा सुदूरपश्चिम घण्टीमय हुने बताएका छन् ।
मंगलबार साँझ अछाममा आयोजित भेलालाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनमा अछाम घण्टीमय हुने दाबी गरेका हुन् ।
आफुहरुको संगठन बिस्तारको कार्यक्रम निरन्तर चलिरहने बताउँदै उनले अकस्मात भेला आयोजना गरिएको प्रति धन्यवाद ज्ञापन समेत गरेका छन् । रवि लामिछानेले आफ्नी पत्नी निकिता पौडेल लामिछानेले घोषणा गरेको नारी टेलिभिजन उद्घाटन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्