गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो ।

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भएरनभएको हरेक छरछ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।

Dengue

स्वास्थ्य सेवा विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भएरनभएको हेर्ने गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उनले विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । “हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौं”, उनले भने, “अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ ।”

उनले शतप्रतिशत पुर्याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । “हामीले सुविधासम्पन्न इमर्जेन्सी भवन सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष भट्टले भने, “सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् हाम्रो लक्ष्य सय प्रतिशत गुणस्तरीय स्वास्थ्य सेवा दिने हो ।” उनले समिति जनशक्तिका बीच पनि सेवा प्रवाह चुस्त रहेको बताए । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर, छ जना डेन्टलले सेवा दिँदै आएका छन् । “अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछनु”, उनले भने, “आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौं ।”

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारको क्रममा भेटिएका पुष्पा पन्तले अस्पतालमा सहजरूपमा सेवा पाइरहेको बताए । “विगतको तुलनामा अहिले धेरै सुधार भएको छ तर बालरोग विशेषज्ञ ल्याउनु जरुरी छ”, उनले भने, “अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।” त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताउँछन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको बताउँदै यहाँका स्थानीयले घरआँगनै उपचार पाउने गरेको बताए । “एक विशेषज्ञ चिकित्सक बस्ने अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक छन् त्यस्तै अन्य सुविधा पनि थप भएका छन् ।” उनले भने, “अस्पतालमा राजनीतिक आग्रह–पूर्वाग्रहले गर्दा बेला–बेला विवादमा आउने गरेको छ अस्पतालमा राजनीति गर्नु हुँदैन ।” महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ

महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङसाइट) निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

“नगरपालिकाले विभिन्न ठाउँमा जग्गा हेरे पनि टुङ्गो लाग्न सकेको छैन”, प्रवक्ता खड्काले भने, “यहाँका जनताको बुझाइमा फोहोर ल्याएर हाम्रो ठाउँमा फाल्ने हुन् भन्ने परेकाले झन् समस्या भएको छ ।” उनले जग्गा उपलब्ध हुने ठाउँमा पनि नागरिकको गतल बुझाइका कारण प्रशोधन केन्द्र बन्न नसकेको बताए । “अहिलेको आधुनिक किसिमले निमार्ण हुन्छ बस्तीमा केही असर गर्दैन ।”

उनले भने, “नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना निकाले पनि जग्गाको टुङ्गो लागेन”, एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहोर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको हो ।

एडिबीको बजेट फिर्ता भए पनि नगरपालिका आफैँले प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ । तर त्यसका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । महेन्द्रनगर बजारबाट मात्रै दैनिक छदेखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार