गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै छलिया नाँचसहित प्रदर्शन

कैलाली । कैलालीको गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै बाजागाजासहित प्रदर्शन गरिएको छ । बिहीबार गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले छलिया नाचसहित प्रदर्शन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेसँगै आन्दोलित बनेका सुदूरपश्चिमेलीवासीले उक्त निर्णय खारेज गर्दै विश्वविद्यालय स्थापना गर्न माग गरिरहेका छन् । त्यसै अन्तर्गत संघर्ष समितिले बिहीबार अत्तरिया बजार पूर्ण रुपमा बन्द गराएको थियो । बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बजार बन्द गरेसँगै संघर्ष समितिले बाजागाजासहित अत्तरिया बजारदेखि गेटासम्म र्याली निकालेको हो ।

Dengue

यसअघि सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने भनिएको थियो । तर, बजेटमार्फत गेटामा विश्वविद्यालय नभएर प्रतिष्ठान स्थापना गर्ने घोषणा भएपछि मन्त्रिपरिषद् निर्णय कार्यान्वय गर्न माग गरिएको छ ।

शान्तीपूर्ण रुपमा आन्दोलन गरे पनि सरकारले यसतर्फ ध्यान नदिए आन्दोलन थप चर्काउने संघर्ष समितिले चेतावनी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार