प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिवार सार्वजनिक भए अनुसार प्रचण्ड बुधवार भ्रमणमा जाने भएका हुन्। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्ने बताएका हुन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालको यो पहिलो विदेश भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ । यस भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश भएका छन्।

SHIKHAR COOL TECH

कञ्चनपुरको दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी तथा भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धताको एजेन्डा समावेश गरिएको हो। यस्तै नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, नेपालगञ्ज एकीकृत चौकी उद्घाटन तथा भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगर रेल यार्ड उद्घाटन, सिलिगुडी–झापा र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन सम्बन्धी एजेन्डा उठाउने गृहकार्य भइरहेको छ । नेपाल टेलिभिजन च्यानल भारतमा प्रसारण, बंगलादेशसँग विद्युत् व्यापारमा भारतको सहजीकरण र प्रसारण लाइन निर्माणमा सहयोग, २५ वर्षसम्म विद्युत् व्यापार सम्झौता, तल्लो अरुण र फुकोट कर्णालीमा २१.९ प्रतिशत बिजुली पाउने गरी सम्झौता, न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन तथा गोरखपुर प्रसारण लाइन शिलान्यासलगायतका एजेन्डा नेपाली पक्षले भारतसँग उठाउने विषयमा तयारी गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार