कैलाली उद्योग वाणिज्य संघद्वारा विशेष परामर्श समिति गठन, विभिन्न व्यक्तित्वहरू मनोनयन

धनगढी: कैलाली उद्योग वाणिज्य संघले संस्थाको कार्यक्षमता अभिवृद्धि, नीतिगत स्पष्टता र व्यावसायिक हकहितको संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले विशेष परामर्श समिति गठन गरेको छ। संघले विभिन्न क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्वहरूलाई समेट्दै विधानतः नयाँ पदाधिकारीहरू मनोनयन गरेको हो।

संघका अध्यक्ष पुष्करराज ओझाले हिजो औपचारिक कार्यक्रमका बीच नवमनोनीत पदाधिकारीहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन्। संस्थालाई थप नीतिगत र व्यावहारिक सुझाव दिनका लागि गठन गरिएको यस विशेष परामर्श समितिमा जय राज जोशी, देव बहादुर बम, शिवकुमार फुलारा, महेश विष्ट, विष्णुप्रसाद वुर्लाकोटी र डिल्ली राज शर्मालाई मनोनयन गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको प्रत्यक्ष मार्गदर्शनले सुदूरपश्चिमको व्यावसायिक क्षेत्रलाई थप व्यवस्थित, सबल र गतिशीलता प्रदान गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। मनोनयन पत्र ग्रहण गर्दै नवमनोनीत समितिमा रहेका सदस्यहरूले स्थानीय स्तरका उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्याहरूको गहिरो पहिचान गरी तिनको समाधानका लागि संघसँग हातेमालो गर्दै दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। यस किसिमको समिति गठनले सुदूरपश्चिमको समग्र व्यावसायिक क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार