धनगढी: कैलाली उद्योग वाणिज्य संघ, धनगढीको ५३औँ वार्षिक साधारणसभा आउने पर्सि शनिबार (भदौ २७ गते) हुने भएको छ। संघका अध्यक्ष पुष्कर ओझाका अनुसार साधारणसभाको तयारी तिब्र पारिएको छ।
धनगढीस्थित होटल पौवामा हुने उक्त साधारणसभाको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। कार्यक्रम दिउँसो १:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
‘कृषि, उद्योग, पर्यटन, जैविक एवं सांस्कृतिक विविधतामा धनी, व्यावसायिक तथा गुणस्तरीय जीवनस्तर नेपालको अर्थतणी’ भन्ने मूल नारा बोकेको यस संघको साधारणसभामा सुदूरपश्चिमका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहनेछ। साधारणसभामा यस क्षेत्रको व्यावसायिक हकहित, आर्थिक गतिविधि र समसामयिक विषयहरूमा समेत महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्